इतिहासको सेरोफेरोमा ज्वालामख ू ीको मैधी विष्णप्र ु ताप शाह प्राकृतिक बनोटः धादिङ र गोर्खाको दोसाँधको काम गर्दै बगेकी बढ ु ीगण्डकी नदीको किनारमा अवस्थित
साबिकको मैधी गाविस (ज्वालामख ू ी गाउँ पालिका वडा नं. १,२ र ३), धादिङ जिल्लाको एक मनोरम र सघन बस्ती भएको ऐतिहासिक थलो हो । यसको प्रशासकीय सीमाना पर्व ू मा
साबिकको ढोला गाउँ विकास समिति, पश्चिममा गोर्खा जिल्लाको साबिक दरवङ ु र फुजेल,
उत्तरमा साबिक खरी, दक्षिणमा साबिक नलाङ र सलाङ गाउँ विकास समितिहरू हुन ् । त्यस्तै पश्चिममा बढ ु ीगण्डकी नदी, उत्तरमा छोरीगण्डकी खोला, दक्षिणमा च्याडु ग्याल्मा
खोलाहरू यसको प्राकृतिक सिमाना हो । पर्व ू मा भने कुनै प्राकृतिक सिमाना छै न । सय
सवा सय वर्ष अगाडि जाने हो भने खरी, ढोला र नलाङको पनि मौजा अर्थात ् सामाजिक र अन्य कुराहरूमा समेत केन्द्रबिन्द ु मानिआएको ठाउँ यही नै भएको बझि ु न्छ । जनसङ्ख्याको दृष्टिले जिल्लाको घनाबस्ति भएको हाल ज्वालामख ू ी गाउँ पालिका वडा
नम्बर ३ पर्ने सबैभन्दा अग्लो ठाउँ अर्थात ् मैधीकोटको उचाइ समद्र ु सतलबाट पैँतालिस
सय फिटभन्दा कम र चारहजार फिट भन्दा केही माथि छ । अत्यन्त फैलिएको डाँडा भएता पनि अग्लो लेकाली चच ु रु ो नभएकोले खोला नालाहरूको उत्पत्ति स्थलहरू कम छन ् । तसर्थ यहाँ प्राकृतिक अन्तरकुन्तर र भीर पहरा पनि कम छन ् । निकै लामो दरू ीसम्म
गाउँ हरूको माझ माझै वल्लो छे उदे खि पल्लो छे उसम्म तेर्सै हिँड्न पाइन्छ । प्राकृतिक तथा
बस्तीको हिसाबले जिल्लाभित्र मात्र होइन, अधिराज्य भरिकै पनि मनोरम गाउँ हरू मध्ये यसलाई गणना गर्न सकिन्छ ।
इतिहास: